
१६ कात्तिक : जेनजी आन्दोलनमा आक्रमणमा परी घाइते भएका शेरबहादुर देउवा उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति दिएर सिङ्गापुर पुगिसकेका छन्।
उनी पत्नी आरजु देउवासहित सिङ्गापुर मा उपचारत छन्। तर, कांग्रेसकाे नियमित महाधिशेनकाे समय एक महिना मात्र बाँकी छँदा सरगर्मी बढेेकाे छ। खासगरी संस्थान पक्ष फागुनमा तय भएकाे मध्यावधि चुनावपछि महाधिवेशन गर्न चाहन्छ। कारण हाे, अहिले देउवाले खड्कालाई कार्यवाहक दिए पनि देउवा आफै चुनावकाे टिकट बाँड्न चाहन्छन्। त्यसअपछि महाधिवेशनबाट उत्तराधिकारी छनाेट गर्ने याेजना छ। त्यही भएर देउवाले महाधिवेशन विधान अनुसार हुने बताएका थिए। कांग्रेस विधान अनुसार महाधिवेशन ६ महिना लम्ब्याउन मिल्छ।

तर, जेनजी आन्दोलनकाे रापताप रहेका बेला मंसिरमै महाधिवेशन गरेर नेतृत्व फेर्नुपर्ने पक्षमा कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा छन्। त्यही भएर उनीहरूले महाधिवेशन कार्यतालिका मागिरहेका छन् भने कार्यवाहक सभापति खड्का पन्छाउदै आएका छन्।
कांग्रेसको पदाधिकारी बैठकमा पनि महाधिवेशन कार्यतालिकाबारे सहमति जुट्न सकेन।महाधिवेशन कार्यतालिकामा विवाद हुँदा शुक्रबार केन्द्रीय समिति बैठक बस्दै नबसी आइतबार दिउँसो १ बजेसम्म स्थगित गरिएको थियो।सहमतिका लागि शनिबमर कार्यवाहक सभापति खड्काले पदाधिकारी बैठक राखेका थिए। उक्त बैठकले पनि १५ औं महाधिवेशन कार्यतालिकामा सहमति खोज्न सकेन।बैठकमा ढिलोमा पुस १६ देखि १९ सम्म महाधिवेशन गर्नुपर्ने एउटा र वैशाख अन्तिममा महाधिवेशन गर्नुपर्ने अर्को प्रस्तावमाथि छलफल भएको नेताहरूले बताएका छन्।

महामन्त्री शर्माले पुस १६ देखि १९ गतेसम्म नियमित महाधिवेशन गर्न प्रस्ताव गरेका छन्।यो प्रस्तावमा अर्का महामन्त्री थापा र नेता शेखर कोइराला सकारात्मक देखिन्छन्।तर सभापति शेरबहादुर देउवा पक्ष चुनावपछि वैशाख अन्तिममा महाधिवेशन गर्न उपयुक्त हुनेमा छन्।
पदाधिकारी बैठकमा महामन्त्री शर्माले मध्यमार्गी प्रस्ताव पनि अघि सारेका छन्। पुस १६ देखि महाधिवेशन वा डिजिटल प्रक्रियाबाट `महासमिति सदस्यको निर्णय मानौँ भन्ने उनले प्रस्ताव गरेका हुन्।
अब मूल प्रश्न: चुनावअघि महाधिवेशन हुन्छ त? चुनावको तयारीले यो असम्भव रहेकाे संस्थापन पक्ष बताउन थालेकाे छ। ` महाधिवेशनको दबाब बढ्दो छ,´ लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले भने, `विवादसहित चुनाव जाँदा पार्टी कमजोर हुन्छ। हालसम्म कुनै निर्णय भएको छैन।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?












