RBN Online खबर

मर्मतपछि खुल्यो कागबेनी–छुसाङ सडक, चैले सडक मर्मत हुँदै

१६ कात्तिकः बिहीबार राति परेको अविरल वर्षाका कारण अवरुद्ध कोरला नाका जोड्ने ९कागबेनी–छुसाङ० नौ किलोमिटर सडक आजदेखि सञ्चालनमा आएको छ । शनिबारदेखि विभिन्न स्थानमा उपकरण प्रयोग गरी सुरु गरिएको कागबेनी–छुसाङ सडक आवश्यक मर्मतपछि आजदेखि सडकमा यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

   जिल्ला प्रशासन कार्यालयको पहलमा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका, सुरक्षा निकाय र कालीगण्डकी करिडोर ९बेनी–जोमसोम–कोरला० सडक आयोजनाको सहकार्यमा सडक सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मुस्ताङ प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिनुभयो । 

उहाँका अनुसार कागबेनी–छुसाङ अवरुद्ध सडक सञ्चालनमा आएसँगै बारागुङ मुक्तिक्षेत्र–३ छुसाङमा फसेका झण्डै ३५० भन्दाबढी सवारीसाधन गन्तव्यतर्फ प्रस्थान गरेका छन् । “छुसाङमा कति सङ्ख्यामा सवारीसाधन अड्किएका छन् भनी प्रहरीचौकी कागबेनीलाई विवरण सङ्कलन गर्न भनेका छौँ, जीप, कार, मोटरसाइकल र मालवाहक गरी ३५० भन्दाबढी साधन अड्किएको भन्ने छ, छुसाङमा रोकिएका सबै सवारीसाधन जोमसोम झर्दै गरेका छन्”, उहाँले भन्नुभयो । 

    कागबेनी–छुसाङसम्मको सडक सञ्चालनमा आए पनि कोरलानाका जोड्ने बारागुङ मुक्तिक्षेत्र–३ चैलेमा अवरुद्ध सडकको मर्मतका लागि उपकरणसहित टोली त्यसतर्फ प्रस्थान गरेको लामाले उल्लेख गर्नुभयो । “अहिले चैलेमा समस्या छ, त्यहाँ पर्खाल निर्माण गरी फिलिङ गरिएको करिब ३५ मिटर सडक पहिरोले भाँसिएको छ, आज साँझसम्ममा सडक मर्मत गरी सडक खुलाउने प्रयास भइरहेको छ”, उहाँले भन्नुभयो । चैले सडक मर्मतका लागि लोघेकर दामोदरकुण्ड गाउँपालिकाबाट पनि टोली त्यसतर्फ आइसकेको उहाँको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top