RBN Online खबर

हर्क साम्पाङले पाए दल दर्ताको प्रमाणपत्र

१६ कात्तिक, काठमाडौं । धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आधिकारिकता पाएको छ । सो पार्टीका अध्यक्ष हर्क साम्पाङ आज निर्वाचन आयोग पुगेर दल दर्ताको प्रमाणपत्र लिएका छन् ।

साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको चुनाव चिह्न माटो राखिएको छ ।

सो पार्टीमा २८ जना केन्द्रीय सदस्य र पाँच जना पदाधिकारी छन् । उपाध्यक्षमा देवराज लामा, महासचिवमा आर्यन राई, कोषाध्यक्ष समिता राई रहेका छन् । प्रवक्तामा अरुण गुरुङ रहेका छन् ।

गत असोज १२ गते आइतबार साम्पाङ आफैं निर्वाचन आयोग उपस्थित भएर दल दर्ताको निवेदन दिएका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top