RBN Online खबर

रामेछापका जीवन कार्की नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा निर्वाचित

२०८२ पुष ७ गते

नेपाल जेसिजको राष्ट्रिय नेतृत्व अब रामेछापको हातमा पुगेको छ । रामेछाप लिखु तामाकोशी गाउँपालिका–६, खिम्तीका जीवन कार्की नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा निर्वाचित भएका छन् ।


सोमबार बिहान सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार कार्कीले तीन जना प्रतिस्पर्धी उम्मेद्वारलाई पछि पार्दै एक वर्षे कार्यकालका लागि राष्ट्रिय अध्यक्षमा निर्वाचित भएका हुन् ।


यसअघि पनि राष्ट्रिय अध्यक्षको उम्मेद्वार बनेका कार्की पराजित भएका थिए । दोस्रो प्रयासमै सफल हुँदै उनी नेपाल जेसिजको शीर्ष नेतृत्वमा पुग्न सफल भएका हुन् ।


मधेश प्रदेशको जनकपुर जेसिजद्वारा आयोजना गरिएको सन् २०२६ का लागि सम्पन्न राष्ट्रिय निर्वाचनमा कार्कीले विजय गुरुङलाई ८७ मतले पछि पार्दै विजय हासिल गरेका हुन् ।


मत परिणामअनुसार कार्कीले ५१२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी विजय गुरुङले ४६२ मत ल्याएका थिए । यस्तै, तेस्रो स्थानमा रहेकी लक्ष्मी रश्मि शिल्पाकारले १४७ मत प्राप्त गरिन् भने चौथो स्थानमा रहेका राजा राम गौतमले ८३ मत प्राप्त गरेका छन् ।


४० वर्षमुनिका युवाहरूको नेतृत्व, व्यक्तित्व तथा क्षमता विकासमा केन्द्रित अन्तर्राष्ट्रिय संस्था जेसिज युवाहरूको सशक्तिकरणमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । अध्यक्षमा निर्वाचित कार्कीले संगठनको आवश्यकता अनुसार जेसिजलाई थप सुदृढ र प्रभावकारी बनाउँदै अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top