२०८२ पुस ८
रामेछाप नगरपालिका–१ गोठगाउँ, गोठपानी निवासी मकरबहादुर सार्कीका १४ वर्षीय छोरा चेत कुमार सार्की गम्भीर बिरामी भई हाल कान्ति बाल अस्पताल, महाराजगञ्ज, काठमाडौंमा उपचाररत रहेका छन्।
चिकित्सकका अनुसार चेत कुमारको शल्यक्रिया (अपरेसन) आवश्यक रहेको छ।
परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचार खर्च जुटाउन समस्या भएको भन्दै बिरामीका बुबा मकरबहादुर सार्कीले देश–विदेशमा रहनुभएका सम्पूर्ण दयालु मनहरू समक्ष आर्थिक सहयोगको अपिल गर्नुभएको छ।
इच्छुक सहयोगीहरूले तल उल्लेखित बैंक खातामार्फत सहयोग गर्न सक्नुहुनेछ।
बैंक विवरण:
खाता नाम: Makar Bahadur Sarki
खाता नम्बर: 1320100000955010
बैंक: राष्ट्रिय वाणिज्य बैंक लिमिटेड
सम्पर्क नम्बर: 9763776413
सानो सहयोगले पनि एक बालकको जीवन बचाउन ठूलो सहयोग पुग्ने भएकाले सबैलाई सक्दो सहयोग गरिदिन परिवारले हार्दिक अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?


