RBN Online खबर

रामेछापमा पानी ट्याङ्कीमा डुबेर १० वर्षीया बालिकाको मृत्यु

२०८२पुस १२

रामेछापको मन्थली नगरपालिका–५ सुनारपानीमा पानी ट्याङ्कीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। शनिबार साँझ करिब ६ः३० बजेको समयमा १० वर्षीया बालिका पानीमा डुबेको अवस्थामा मृत फेला परेकी हुन्।
मृत्यु हुनेमा सोही स्थान निवासी दीपक भुजेलकी छोरी दिपिसा भुजेल रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। प्रहरी निरीक्षक राजन तिमल्सिनाका अनुसार स्थानीय निरन कार्कीको पानी संकलन गर्ने ट्याङ्कीमा डुबेको अवस्थामा बालिकाको शव फेला परेको हो।

घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक मुचुल्का उठाई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

मृतक बालिका भैरवी माध्यमिक विद्यालयमा एलकेजी कक्षामा अध्ययनरत रहेको बताइएको छ। घटनाले स्थानीयवासीलाई शोकमा डुबाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top