RBN Online खबर

बानेश्वर बहुमुखी क्याम्पसमा साप्ताहिक अतिरिक्त क्रियाकलाप कार्यक्रम प्रारम्भ

२०८२ पुस १७

काठमाडौं । बानेश्वर बहुमुखी क्याम्पसले विद्यार्थीहरूको सर्वाङ्गीण विकासलाई लक्षित गर्दै आजदेखि साप्ताहिक अतिरिक्त क्रियाकलाप कार्यक्रम सञ्चालनमा ल्याएको छ।

क्याम्पस प्रमुख डा. घमानसिंह खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा अतिरिक्त क्रियाकलाप प्रमुख डा. कृष्णदेव यादवको अध्यक्षता रहेको थियो। कार्यक्रममा स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष भुमिराज अधिकारीसहित क्याम्पसका प्राध्यापक, स्ववियु पदाधिकारी, विभिन्न विद्यार्थी संगठनका प्रतिनिधि तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमको पहिलो दिन म्युजिकल चेयर, हाजिरजवाफ र टेबल टेनिस प्रतियोगिताहरू आयोजना गरिएको थियो। क्याम्पस प्रशासनका अनुसार साप्ताहिक कार्यक्रमअन्तर्गत भलिबल, फुटसल, टग अफ वार, कविता प्रतियोगिता, वक्तृत्वकला लगायत खेलकुद तथा सिर्जनात्मक विधाका गरी जम्मा १४ वटा प्रतियोगिता सञ्चालन गरिनेछन्।

यही महिनाको २३ गतेसम्म निरन्तर चल्ने उक्त कार्यक्रमले विद्यार्थीहरूको लुकेको प्रतिभा उजागर गर्नुका साथै शारीरिक, मानसिक र बौद्धिक विकासमा योगदान पुर्‍याउने उद्देश्य लिएको आयोजक पक्षले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top