काठमाडौं — चाबहिलमा मुख्य कार्यालय रहेको Singon कम्पनीले सेवा विस्तार गर्दै पेप्सीकोलाबाट औपचारिक रूपमा व्यवसाय सञ्चालनमा ल्याएको छ।

राजधानीको बढ्दो व्यवसायिक आवश्यकतालाई ध्यानमा राख्दै कम्पनीले नयाँ स्थानबाट सेवा प्रवाह सुरु गरेको जनाएको छ। औपचारिक कार्यक्रमबीच उद्घाटन गरिएको शाखाले ग्राहकलाई सहज, छरितो तथा गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य राखेको छ।

कम्पनीका सञ्चालक निर्मल कंडरा ले सेवा विस्तारसँगै स्थानीय स्तरमा रोजगारी सिर्जना र आर्थिक गतिविधिमा सकारात्मक योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले कम्पनीले पारदर्शिता, विश्वसनीयता र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राखेर दीर्घकालीन व्यवसायिक योजना अघि बढाएको उल्लेख गर्नुभयो।
पेप्सीकोला क्षेत्र व्यवसायिक रूपमा तीव्र गतिमा विकास भइरहेको सन्दर्भमा Singon कम्पनीको नयाँ शाखा सञ्चालनले क्षेत्रीय व्यापार प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।

नेपालको लजिस्टिक्स क्षेत्र लामो समयदेखि स्पष्ट संरचना बिना सञ्चालन हुँदै आएको छ। ग्राहकहरूले अस्थिर मूल्य निर्धारण र अनिश्चित सेवाको सामना गर्नुपरेको छ भने चालकहरूले कडा मेहनत गरे पनि स्थिरता र प्रणालीगत सहयोग बिना काम गर्नुपरेको अवस्था रहेको छ। मैले यही अवस्था परिवर्तन गर्ने उद्देश्यले Singon स्थापना गरेको हुँ। हाम्रो लक्ष्य लजिस्टिक्स क्षेत्रमा पारदर्शिता, जवाफदेहिता र व्यावसायिकता ल्याउनु हो। हाम्रो प्लेटफर्म अन्यायपूर्ण अभ्यासहरू हटाउन, सञ्चालन प्रक्रियालाई मानकीकरण गर्न र ग्राहक तथा चालक साझेदार दुवैका लागि समान मूल्य सिर्जना गर्न तयार गरिएको छ। हामी केवल एउटा लजिस्टिक्स कम्पनी निर्माण गरिरहेका छैनौं, हामी नेपालले विश्वास गर्न सक्ने प्रणाली निर्माण गरिरहेका छौं। हाल कम्पनीले तीन प्रमुख सेवाहरू सञ्चालन गरिरहेको छ: • Express Delivery – छिटो, भरपर्दो र प्रविधि-व्यवस्थापनमा आधारित ढुवानी सेवा • HaamroFleet – व्यवसायहरूका लागि अनुकूलित मासिक सम्झौतामा आधारित लजिस्टिक्स समाधान • Fulfillment Service – पूर्ण अर्डर प्रशोधन तथा डेलिभरी व्यवस्थापन सेवा हाम्रा सवारी साधन (उत्पादनहरू): पिकअप ट्रक मिनी ट्रक (हात्ती गाडी) दुई पांग्रे सवारी (2W) ठूलो ट्रक कार्गो भ्यान.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?












