RBN Online खबर

नेपाल प्रेस युनियन रामेछापको नेतृत्वमा कुमार श्रेष्ठ: ११ सदस्यीय कार्यसमिति र प्रतिनिधिहरू सर्वसम्मत

मन्थली, रामेछाप
नेपाल प्रेस युनियन रामेछापको ५ औँ जिल्ला अधिवेशन तथा १० औँ साधारणसभाबाट कुमार श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको छ।

​सदरमुकाम मन्थलीमा नेपाली काँग्रेस रामेछापका सभापतिको प्रमुख आतिथ्यता तथा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य जीवन शर्माको विशेष आतिथ्यतामा आयोजित अधिवेशनले सिङ्गो कार्यसमिति, केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा प्रदेश महाधिवेशन प्रतिनिधिहरूलाई निर्विरोध चयन गरेको हो।

​नवनिर्वाचित जिल्ला कार्यसमिति:
​अध्यक्ष: कुमार श्रेष्ठ
​उपाध्यक्ष: सागर बोहरा
​महिला उपाध्यक्ष: सम्झना नेवा खड्गी (सम्झना खड्गी)
​सचिव: मिलन वि.क. (घिमिरे)
​सहसचिव: टंकनाथ गौतम
​कोषाध्यक्ष: राजन महतारा
​सदस्यहरू: श्रीराजा चन्द्र महत, ईश्वर वि.क., अनिता रसाइली, कर्ण श्रेष्ठ र सुशिला बुढाथोकी।

​केन्द्रीय महाधिवेशन प्रतिनिधिहरू:
हिमाल ढुंगेल, बद्री नयाँघरे, रमेश ढुंगेल, ज्ञानु श्रेष्ठ, रामचन्द्र वि.क. र अनिता थापा मगर।

​प्रदेश महाधिवेशन प्रतिनिधिहरू:
युवराज श्रेष्ठ, दिपक कुमार घिमिरे, विवेक घिमिरे, रविन थापा, निजुका खड्का र इन्दिरा बोहरो।

​निवर्तमान अध्यक्ष ज्ञानु श्रेष्ठको अध्यक्षतामा सम्पन्न अधिवेशनमा प्रेस युनियनका केन्द्रीय तथा छिमेकी जिल्लाका नेताहरू, नेपाल पत्रकार महासंघका प्रतिनिधि, ट्रेड युनियन काँग्रेसका अगुवा तथा विभिन्न सञ्चार सम्बद्ध संगठनका प्रतिनिधिहरूले शुभकामना व्यक्त गरेका थिए।

​नवनिर्वाचित नेतृत्वले जिल्लामा श्रमजीवी पत्रकारहरूको हकहित संरक्षण, व्यावसायिक तथा मर्यादित पत्रकारिताको विकास र सांगठनिक सुदृढीकरणलाई आफ्नो प्राथमिक एजेन्डा बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top