RBN Online खबर

नेपाली काङ्ग्रेस लिखु तामाकोशीको सभापतिमा दिपक पुलामी मगर सर्वसम्मत, १९ सदस्यीय गाउँपालिका कार्यसमिति गठनरामेछाप ।

२०८३ असोज ७

रामेछाप । नेपाली काङ्ग्रेस लिखु तामाकोशी गाउँपालिकाको १५औँ अधिवेशन तथा बृहत् आम भेलाबाट दिपक पुलामी मगरको सभापतित्वमा नयाँ गाउँपालिका कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ।

नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको निर्णय तथा जिल्ला कार्यसमिति रामेछापको निर्देशानुसार आयोजित अधिवेशन तथा आम भेलाले गाउँपालिकामा सङ्गठन सुदृढीकरण र एकताको सन्देश दिँदै नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरेको हो।

सर्वसम्मत नेतृत्व र पूर्ण पदाधिकारी तथा सदस्यहरू
अधिवेशनले पदाधिकारी तथा सदस्यहरूसहित १९ सदस्यीय गाउँ पालिका कार्यसमिति सर्वसम्मत रूपमा पारित गरेको छ।
नवनिर्वाचित पदाधिकारीहरू:
• सभापति: दिपक पुलामी मगर
• उपसभापति (दुई पद): रोम बहादुर तामाङ र जनकराज पौडेल
• सचिव: कुमार कार्की
• सह-सचिव: दिनेश कुमार खत्री
कार्यसमिति सदस्यहरू:
1. मिन बहादुर सुनुवार
2. ताराराम थापा
3. फत्तसिंह तामाङ
4. रिना मगर
5. गोपिनी कार्की
6. राजन महत
7. महेश तिमल्सीना
8. बिना पुलामी मगर
9. मिलन घिसिङ
10. कल्पना तामाङ श्रेष्ठ
11. रिता खड्का बरुवाल
12. खड्ग बहादुर बरुवाल
13. उमादेवी राउत
14. रामकृष्ण बोहोरा

अधिवेशन भव्यताका साथ सम्पन्न गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै जिल्ला निर्वाचन अधिकृतको कार्यालयबाट खटिनुभएकी निर्वाचन अधिकृत/मतदान अधिकृत शकुन्तला खड्का र निर्वाचन टोलीलाई विशेष धन्यवाद ज्ञापन गरिएको छ।

यसैगरी लिखु तामाकोशी गाउँपालिकाका वडा नं. १ देखि ६ सम्मका नव-निर्वाचित वडा सभापतिहरू, वडा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू एवम् क्षेत्रीय प्रतिनिधिहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।

अधिवेशन तथा आम भेलामा स्थानीय नेता, कार्यकर्ता तथा जनसमुदायको उत्साहजनक सहभागिता रहेको थियो। नयाँ नेतृत्व चयन भएसँगै लिखु तामाकोशीमा काङ्ग्रेसको सङ्गठन थप सुदृढ र जुझारु हुने अपेक्षा व्यक्त गर्दै उपस्थित सम्पूर्णलाई हार्दिक धन्यवाद दिई भेला समापन गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top