२०८३ असोज ७

रामेछाप । नेपाली काङ्ग्रेस रामेछाप नगरपालिकाको नगर सभापतिमा कमलविक्रम कार्की तेस्रोपटक निर्विरोध निर्वाचित हुनुभएको छ। अधिवेशनबाट कार्कीको नेतृत्वमा सम्पूर्ण नगर कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको हो।
नेपाली काङ्ग्रेसको संगठन सुदृढीकरण तथा एकताको सन्देश दिँदै आयोजना गरिएको नगर अधिवेशनले नगरका पदाधिकारीसहित सम्पूर्ण टिमलाई सर्वसहमतिमा निर्वाचित गरेको छ।
नवनिर्वाचित पदाधिकारीहरू:
नगर सभापति: कमलविक्रम कार्की (तेस्रोपटक निर्विरोध)
उपसभापति: कोमलदास श्रेष्ठ
उपसभापति: शर्मिला तामाङ घिसिङ
सचिव: देवेन्द्र कार्की
सह-सचिव: कुमार श्रेष्ठ
नगरमा काङ्ग्रेस सङ्गठनलाई थप सशक्त, गतिशील र जुझारु बनाउन नयाँ नेतृत्वले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा लिइएको छ। सर्वसम्मत रूपमा नयाँ टिम चयन भएसँगै स्थानीय नेता तथा कार्यकर्ताहरूमा नयाँ उत्साह छाएको छ।
अधिवेशन सफल पार्न योगदान पुर्याउने सम्पूर्ण नेता, कार्यकर्ता तथा प्रतिनिधिहरूलाई धन्यवाद ज्ञापन गर्दै नवनिर्वाचित सभापतिसहित सिङ्गो कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?












