२०८३ असोज १३

कला र राजनीतिमा सक्रिय कल्पना सुनुवार नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत रामेछापबाट जनजाति महिलातर्फ प्रदेश प्रतिनिधिमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। तोकिएको समयभित्र अन्य कसैको उम्मेदवारी नपरेपछि उहाँ निर्विरोध चयन हुनुभएको हो।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रामेछापकी जिल्ला अध्यक्ष तथा रामेछाप सांस्कृतिक कलाकार समाजकी उपाध्यक्ष सुनुवारले प्रदेश तहमा जनजाति, महिला र कला-संस्कृतिका मुद्दा प्राथमिकताका साथ उठाउने प्रतिबद्धता जनाउनुभएको छ। उहाँको यस चयनलाई स्थानीय स्तरमा कला क्षेत्र र युवा पुस्ताको सकारात्मक राजनीतिक सहभागिताका रूपमा हेरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?












