
लुम्बिनी । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गरिएको विषयलाई लिएर लुम्बिनीमा विरोध तथा असन्तुष्टि व्यक्त गरिएको छ। लुम्बिनी विकास कोषको उपाध्यक्षको कार्यालयअगाडि भेला भएका नागरिकहरूले नियुक्तिसम्बन्धी विषयमा प्रश्न उठाउँदै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। उनीहरूले ब्यानरमार्फत आफ्नो असन्तुष्टि सार्वजनिक गरेका छन्।
आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर उनको नागरिकता, व्यक्तिगत पृष्ठभूमि तथा सम्पत्तिसम्बन्धी विषयमा समेत प्रश्न उठाइएको छ। यस विषयमा सम्बन्धित निकायले तथ्यमा आधारित स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने माग विरोधमा सहभागीहरूले राखेको ब्यानरमा उल्लेख छ।
सार्वजनिक पदमा नियुक्त हुने व्यक्तिको योग्यता, पृष्ठभूमि तथा कानुनी प्रक्रियाबारे उठ्ने प्रश्नको सम्बन्धित निकायबाट पारदर्शी रूपमा सम्बोधन हुनु आवश्यक हुन्छ। यसले सार्वजनिक संस्थाप्रतिको विश्वास कायम गर्न सहयोग पुर्याउँछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?












