RBN Online खबर

नक्कली बुबाको छोरी बनेर नागरिकता

२०४६ सालमा छोईङ डोल्मा मोक्तान लामाको नामबाट आनीले नागरिकता पाएकी थिइन् । साबिक चपली भद्रकाली गाविस– ६ (हाल बूढानीलकण्ठ नगरपालिका २) का कान्छाबहादुर लामाको छोरीका रूपमा उनको नागरिकता जारी भएको थियो ।

कान्छाबहादुरको २०३९ सालमा निधन भइसकेको थियो । २०७६ पुसमा कान्छाबहादुरका वास्तविक सन्तान (छोरा) प्रमानसिंह लामा (मगई) ले छोईङ डोल्मा मोक्तान लामा (आनी छोइङ डोल्मा) ले आफ्ना बुबाको नाममा नागरिकता लिएकोमा अचम्म मान्दै निवेदन दिएका थिए । त्यसरी नागरिकता जारी भएपछि आफ्नो परिवारकै बेइज्जत भएको निवेदनमा लेखिएको थियो ।


प्रमानसिंहको उजुरीलाई पुष्टि गर्दै सोही ठाउँका पाँच जना बासिन्दाले आनी छोइङलाई नचिन्ने र के आधारमा नागरिकता पाएकी हुन् भन्ने जिज्ञासा राख्दै जिल्ला प्रशासनसमक्ष कागज बुझाएका थिए । स्थानीय बासिन्दाहरु ज्ञानबहादुर तामाङ, चन्द्रबहादुर लामा, सानुकान्छी तामाङ, साइली तामाङ र सानुकान्छा तामाङले त्यस्तो कागज गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top