RBN Online खबर

दुर्गा प्रसाईविरुद्धको साइबर अपराध मुद्दा खारेज

साउन ०२
काठमाण्डौ – राजनीतिक तथा सामाजिक बहसमा सक्रिय रहेका व्यवसायी दुर्गा प्रसाईविरुद्ध ज्वाला संग्रौला र  रोशन  सुवेदी ले साइबर अपराधसम्बन्धी दर्ता गराएका उजुरी खारेज गरिएको छ।

साइबर अपराध ऐनअन्तर्गत सामाजिक सञ्जालमा अपमानजनक टिप्पणी र चरित्र हत्या गरेको आरोपमा संग्रौला र सुविधिले महानगरीय प्रहरी परिसर, काठमाडौंमार्फत उजुरी दिएका थिए। तर, लामो अनुसन्धानपछि उक्त उजुरीमा पर्याप्त प्रमाण नपुगेको भन्दै जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा अगाडि नबढाउने निर्णय गरेको हो।

सरकारी वकिलको कार्यालयका एक अधिकारीका अनुसार, अभिव्यक्ति स्वतन्त्रताको सन्दर्भमा विचार गर्दा प्रसाईका भनाइहरू गम्भीर आपराधिक सन्दर्भमा नरहेको र कानुनी परिभाषाअनुसार साइबर अपराधमा नपर्ने ठहर गरिएको हो।

यस घटनासँगै सामाजिक सञ्जालमा अभिव्यक्ति स्वतन्त्रता र दायित्वको बहस पुनः चर्किएको छ। दुर्गा प्रसाईले भने आफूले सत्य बोल्ने र गलत प्रवृत्तिको विरुद्ध बोल्ने कार्यलाई मुद्दा बनाएर दमन गर्न खोजिएको आरोप लगाएका छन्। उता, उजुरीकर्ता ज्वाला संग्रौला र रोशन सुविधिले भने न्याय नपाएको भन्दै उच्च अदालत जाने चेतावनी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top