RBN Online खबर

थाइल्याण्ड ले गर्यो कम्बोडियामा हवाई आक्रमण

साउन ८

थाइल्याण्डले कम्बोडियाको सीमावर्ती क्षेत्रमा हवाई आक्रमण गरेको पुष्टि भएको छ।

बिहीबार बिहान करिब ३ बजे भएको उक्त आक्रमणमा कम्तीमा तीन वटा लडाकु विमानले कम्बोडियाको बत्ताम्बाङ प्रान्त नजिकका क्षेत्रमा बम खसालेको जनाइएको छ।स्थानीय स्रोतका अनुसार हवाई आक्रमणको कारण केही घरहरूमा क्षति पुगेको छ भने केही सर्वसाधारण घाइते भएको आशंका गरिएको छ।

यद्यपि, दुबै देशका अधिकारीहरूले हालसम्म क्षतिको यकिन विवरण सार्वजनिक गरेका छैनन्।थाइल्याण्डले भने सीमामा सक्रिय ‘सशस्त्र विद्रोही समूह’लाई लक्षित गरी कारबाही गरिएको दाबी गरेको छ।

तर कम्बोडियाली सरकारले उक्त दाबी अस्वीकार गर्दै थाइल्याण्डको कारबाहीलाई “अन्तर्राष्ट्रिय कानुनको उल्लंघन” भनेको छ।कम्बोडियाको विदेश मन्त्रालयले थाइल्याण्डको राजदूतलाई तलब गरेर घटनाको कडा विरोध जनाएको छ। साथै, संयुक्त राष्ट्रसंघ र आसियानसँग तत्काल कूटनीतिक छलफल सुरु गर्ने तयारीसमेत गरेको जनाएको छ।

क्षेत्रीय सुरक्षा विश्लेषकहरूका अनुसार यो घटनाले थाइल्याण्ड-कम्बोडिया सम्बन्धमा नयाँ तनाव सिर्जना गर्ने देखिएको छ।

यसअघि सन् २००८ मा पनि सीमावर्ती क्षेत्रलाई लिएर दुई देशबीच सशस्त्र झडप भएको थियो।स्थिति अझै तनावपूर्ण रहेकाले दुबै देशका सुरक्षाफौजहरू उच्च सतर्कतामा राखिएका छन्।

थप विवरण आउन बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top