RBN Online खबर

शारीरिक अशक्त युवालाई घरमै पुगेर नागरिकता: प्रजिअ थापा र वडा अध्यक्ष कार्कीको मानवीय पहल

८ साउन, रामेछाप

नागरिक सेवामा पहुँच सहज बनाउने उद्देश्यका साथ काम गरिरहेका रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले शारीरिक रूपमा अशक्त एक किशोरलाई घरमै पुगेर नागरिकता प्रमाणपत्र हस्तान्तरण गरेका छन्।
रामेछाप नगरपालिका–७ सुकाजोरका १७ वर्षीय टिकाबहादुर खत्री शारीरिक रूपमा अशक्त छन्। उनी जिल्ला प्रशासन कार्यालय पुग्न सक्ने अवस्थामा नभएकाले बिहीबार प्रजिअ थापा वडा अध्यक्ष समीर कार्की र नासु लक्ष्मण भुजेलसहित खत्रीको घरमै पुगेर नागरिकता प्रदान गरेका हुन्।
नासु भुजेलका अनुसार, “प्रमुख जिल्ला अधिकारीज्यूले स्थानीय जनप्रतिनिधिसहित अशक्त किशोरको घरमै पुगेर नागरिकता दिनुभएको हो, जुन निकै प्रेरणादायी काम हो।”

सार्वजनिक सेवा प्रवाह नागरिकको पहुँचसम्म पुर्‍याउने सोचसहित सक्रिय रहेका सिडिओ थापाको नेतृत्वमा अहिले जिल्लामा राष्ट्रिय परिचय पत्र वितरण कार्य पनि तीव्र गतिमा भइरहेको छ। बुधवारदेखि सुनापति गाउँपालिका–५ बाट अफलाइन डाटा संकलन, फोटो खिचाइ र डिजिटल कार्ड वितरणको कार्य अघि बढाइएको छ।
नयाँ आर्थिक वर्ष २०८२/८३ सुरु भएसँगै सामाजिक सुरक्षा भत्ता नवीकरण लगायतका कामका लागि राष्ट्रिय परिचय पत्र आवश्यक भएसँगै जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको चाप बढेको छ। यस्तो अवस्थामा पनि प्रशासन कार्यालयले साँझ ६ बजेसम्म कर्मचारी परिचालन गरेर सेवा प्रवाह गरिरहेको छ।
स्थानीय तह र प्रशासनबीचको सहकार्यमा नागरिकको घरदैलोमै सेवा पुर्‍याउने यो प्रयास उदाहरणीय बन्ने निश्चित देखिन्छ।

समाचार स्रोत – ramechhaptimes.com.np
मिलन घिमिरे ( बिक)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top