RBN Online खबर

रामेछाप सुकाजोरका १२५ भन्दा बढी लाभग्राहीले पाए सामाजिक सुरक्षा भत्ता नविकरण सुविधा काठमाडौंमै

रामेछाप, २०८२ भदौ ८

रामेछाप नगरपालिका वडा नं. ७ सुकाजोरका लाभग्राहीले काठमाडौंमै सामाजिक सुरक्षा भत्ता नवीकरण गराएका छन् ।

वडा अध्यक्ष समिर कार्कीका अनुसार भदौ ६ गते ६९ जनाले र भदौ ७ गते ५६ जनाले गरी दुई दिनमा जम्मा १२५ भन्दा बढी लाभग्राहीले सामाजिक सुरक्षा भत्ता नवीकरण गरेका हुन्।

“गाउँमै उपस्थित हुन नसक्नेहरूलाई सहज बनाउन हामीले काठमाडौंमै सेवा दिने व्यवस्था गरेका हौं। यसले लाभग्राहीलाई निकै सहज भएको छ,” वडा अध्यक्ष कार्कीले बताए।


सेवा मिति र स्थान
• मिति: २०८२ भदौ ६ र ७ गते
• स्थान: को.जी. होटल, जडिबुटी, काठमाडौं
सम्पर्क व्यक्ति
• समिर कार्की, वडा अध्यक्ष
वडा कार्यालयका अनुसार काठमाडौंमै भएको यस सेवाले लाभग्राहीलाई लामो यात्रा नगरी सजिलै सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न मद्दत पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top