
८ माघ, काठमाडौं । मुलुकको उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा आज हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुको प्रभावका कारण कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भूभागमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?







