RBN Online खबर

१३ वर्षीया आयुशा आलेको उपचारका लागि आर्थिक सहयोगको अपिल: ‘एप्लास्टिक एनिमिया’ सँग लड्दै गरेकी छोरी बचाउन बुबाको गुहार

२०८३ जेठ २४

स्याङ्जा जिल्लाको वालिङ नगरपालिका वडा नं. २ का कृष्ण बहादुर आलेकी १३ वर्षीया छोरी आयुशा आले विगत केही समयदेखि गम्भीर र प्राणघातक रोग ‘एप्लास्टिक एनिमिया’ (Aplastic Anemia) सँग अस्पतालको शैयामा छटपटाइरहेकी छिन्।

यो रोग यस्तो अवस्था हो जहाँ शरीरको हड्डी भित्र रहेको मासी (Bone Marrow) ले पर्याप्त मात्रामा नयाँ रक्तकोषिकाहरु उत्पादन गर्न सक्दैन। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (TUTH) को हिस्टोप्याथोलोजि रिपोर्ट र चिकित्सकहरुका अनुसार आयुशाको ‘बोन म्यारो ट्रान्सप्लान्ट’ (Bone Marrow Transplant) अर्थात् मासी प्रत्यारोपण नै यो रोगको मुख्य उपचार हो। हाल उनको काठमाडौँको मीनभवनस्थित सिभिल सर्भिस अस्पताल (निजामती कर्मचारी अस्पताल) को क्लिनिकल हेमाटोलोजी विभागमा उपचार भइरहेको छ।

उपचार खर्च अभावले परिवार चिन्तामा
चिकित्सकका अनुसार आयुशाले अहिले नियमित रूपमा ‘Cyclosporine’ र ‘Eltrombopag’ जस्ता निकै महँगा औषधिहरू सेवन गरिरहनु परेको छ। अस्पतालमा रगत र प्लेटलेट्स चढाउने तथा निरन्तर फलोअपमा राखिरहनु पर्ने हुँदा दैनिक खर्च धान्न समेत परिवारलाई धौ-धौ परेको छ। आगामी दिनमा गरिने बोन म्यारो ट्रान्सप्लान्टका लागि लाखौँ रुपैयाँ खर्च हुने भएपछि आले परिवार ठूलो आर्थिक संकटमा परेको छ।
वालिङ नगरपालिका वडा नं. २ को कार्यालयले समेत उनको पारिवारिक आर्थिक अवस्था दयनीय रहेको प्रमाणित गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विभिन्न सहयोगी निकायहरुलाई उपचार खर्च तथा राहत उपलब्ध गराइदिन सिफारिस पत्र जारी गरेको छ।

सहयोगका लागि बुबाको अपिल
आफ्नी सानी छोरीलाई बचाउनका लागि बुबा कृष्ण बहादुर आलेले देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू समक्ष हात जोड्दै यथाशक्य आर्थिक सहयोगका लागि हार्दिक अपिल गर्नुभएको छ। “हाम्रो आर्थिक अवस्थाले यो महँगो उपचार धान्न सक्ने स्थिति छैन। हजुरहरूका स-साना सहयोगले मेरी छोरीले नयाँ जीवन पाउन सक्छे,” आँसु पुछ्दै बुबा कृष्ण बहादुरले भन्नुभयो।

सहयोग गर्न चाहनुहुने महानुभावहरूका लागि बैंक खाताको विवरण:
बिरामी आयुशा आलेको उपचारका लागि सिधै बैंक खातामा रकम जम्मा गरेर सहयोग गर्न सकिनेछ:
१) बुबाको बैंक खाता विवरण:
नाम: Krishna Bahadur Ale
• बैंकको नाम: कुमारी बैंक (Kumari Bank)
• खाता नम्बर: 0190033055200001
२) बिरामी छोरीको बैंक खाता विवरण:
• नाम: Aayusha Ale
• बैंकको नाम: कुमारी बैंक (Kumari Bank)
• खाता नम्बर: 0650358591300001
तपाईँको सानो सहयोगले १३ वर्षीया आयुशाको अमूल्य जीवन जोगिन सक्छ। आफूले सकेको आर्थिक सहयोग गरौँ र यो समाचारलाई धेरै भन्दा धेरै सेयर गरेर सहयोगी मनहरूसम्म पुर्‍याउन मद्दत गरौँ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top