RBN Online खबर

नेपाली कांग्रेस लिखु तामाकोशी-४ बिजुलकोटमा त्रिविक्रम महतको सभापतित्वमा नयाँ वडा कार्यसमिति सर्वसम्मत चयन

२०८३ असोज ४

रामेछाप — नेपाली कांग्रेस लिखु तामाकोशी गाउँपालिका वडा नं. ४ बिजुलकोटको १५ औँ वडा अधिवेशनले त्रिविक्रम महतको सभापतित्वमा नयाँ वडा कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

पूर्व इकाई सभापति दीपक पुलामीको अध्यक्षतामा आयोजित अधिवेशन तथा विशेष भेलाले आगामी कार्यकालका लागि सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको हो। उक्त अधिवेशन भव्य रूपमा सम्पन्न गराउनका लागि शान्ति प्रकाश दाहाललाई निर्वाचन अधिकृतका रूपमा खटाइएको थियो।

अधिवेशनको उद्घाटन तथा बैठकलाई सम्बोधन गर्दै पूर्व इकाई सभापति दीपक पुलामी, केशव महत, सुवास चन्द्र महत लगायतका नेताहरूले पार्टीलाई स्थानीय तहमा सुदृढ, एकताबद्ध र गतिशील बनाउन नयाँ तथा पुराना नेता-कार्यकर्ताहरू बीचको समन्वय आवश्यक रहेको बताउनुभयो।

अधिवेशनले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गर्दै पार्टी संगठनलाई वडास्तरमा थप मजबुत बनाएर लैजाने निर्णय गरेको छ।

नवगठित वडा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू:
सभापति: त्रिविक्रम महत
उपसभापति: लक्ष्मी तामाङ
उपसभापति: राजेश उपाध्याय (तिमेल्सिना)
सचिव: रविन कुमार महत
सह-सचिव: कुमार जोगी
सह-सचिव: लक्ष्मीन बस्नेत
सदस्य: अपना नेपाली
सदस्य: विना पुलामी मगर
सदस्य: झलक मगर
सदस्य: धर्म बहादुर महत
सदस्य: राजु मगर
सदस्य: मधूराम बस्नेत (पदम)
नवनिर्वाचित सभापति त्रिविक्रम महतले आफूलाई जिम्मेवारी सुम्पिने सम्पूर्ण पार्टी नेतृत्व, क्रियाशील सदस्य तथा शुभेच्छुकहरूप्रति धन्यवाद व्यक्त गर्दै बिजुलकोटमा नेपाली कांग्रेसलाई अझ सशक्त, संगठित र जनमुखी बनाएर लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top