२०८३ असोज ४

रामेछाप — नेपाली कांग्रेस रामेछाप नगरपालिका वडा नं. २ को वडा सम्मेलनबाट नरबहादुर पुलामी (नवीन) मगरको सभापतित्वमा नयाँ वडा कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ।
सम्मेलनले वडा कार्यसमितिको उपसभापतिमा मिरा पौडेल खत्री र बिनोद कुमार खड्कालाई चयन गरेको छ। यस्तै, सचिवमा ओमबहादुर खत्री तथा सह–सचिवमा गोकर्ण रोका चयन हुनुभएको छ। सम्मेलनबाट वडा कार्यसमितिका अन्य सदस्यहरू समेत सर्वसम्मत रूपमा चयन गरिएको जनाइएको छ।
नयाँ पदाधिकारीहरू:
सभापति: नरबहादुर पुलामी (नवीन) मगर
उपसभापति: मिरा पौडेल खत्री
उपसभापति: बिनोद कुमार खड्का
सचिव: ओमबहादुर खत्री
सह–सचिव: गोकर्ण रोका
नवनिर्वाचित सभापति पुलामी मगरसहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई नेपाली कांग्रेसका स्थानीय नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
नवनिर्वाचित कार्यसमितिले वडा तहमा पार्टी संगठनलाई थप सुदृढ, संगठित र गतिशील बनाउँदै स्थानीयस्तरमा पार्टीका गतिविधिहरूलाई प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?












