RBN Online खबर

रामेछापका सांसद ‘कान्छाराम’ बने ऊर्जा राज्य मन्त्री

२०८१ साउन १८ गते

रामेछाप।  रामेछापबाट निर्वाचित सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ऊर्जा, जलश्रोत तथा सिँचाइ राज्यमन्त्री नियुक्त भएका छन् । जिल्लाका लोक प्रिय नेताको छवि बनाएका सांसद तामाङले राजनीतिक छलाङ मारेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले रामेछापका संघिय सांसद पुर्ण बहादुर तामाङलाई राज्यमन्त्रीमा  नियुक्त गरेका छन् । शुक्रबार प्रधानमन्त्री ओलीले  तामाङ सहित तीन राज्यलाई नियुक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले पूर्णबहादुर तामाङलाई जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा, अरुणकुमार चौधरीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री र  रूपा विकलाई वन तथा वातावरण राज्यमन्त्री  नियुक्त गरेका हुन् ।

विक र तामाङ कांग्रेसबाट राज्यमन्त्रीमा नियुक्त भएका हुन् ।
भने  चाैधरी नागरिक उन्मुक्ति पार्टीबाट नियुक्त भएका हुन् ।
समानुपातिक सांसद विक कांग्रेसकी कान्छी केन्द्रीय सदस्य हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top