RBN Online खबर

बानेश्वर क्याम्पसमा बिहान ९:३० बाट मतदान प्रक्रिया सुरु भएको छ

२०८१ चैत ५  गते

बानेश्वर बहुमुखी क्याम्पसमा मतदान प्रक्रिया सुरु भएको छ । बिहान ८ बजे देखि मतदान प्रक्रिया सुरु गर्ने भनिएता पनि सर्वदलीय बैठक नबसी क्याम्पस र निर्वाचन समितिले  मतदान प्रकिया अगाडि बढाउन खोज्दा नेबि संघले विरोध मा उत्रिदाँ मतदान प्रक्रिया ढिला हुन गएको थियो।

आज सम्पन्न हुने स्ववियु निर्वाचन मा बानेश्वर बहुमुखी क्याम्पसमा मा सर्वदलीय बैठक नबसी चुनावी प्रक्रिया अगाडि बढाउन लागेको भन्दै नेवि संघले केही समय अघि असन्तुष्टि जनाउँदै विरोध गरेको थियो। नेविसंघ सर्वदलीय बैठक को माग गरी निर्वाचन प्रकिया मा जान सहमति जनाएको छ ।

क्याम्पस र निर्वाचन समिति ले सर्वदलीय बैठक बोलाई बिहान ९:३० देखि ४:३० बजे सम्म मतदान गर्न पाउने, क्याम्पस प्रमुख हस्ताक्षर बेगरको परिचय पत्र ले मतदान गर्न नपाउने, फर्जी मतदान भेटिएमा प्रचलित नियम अनुसार कारबाहीमा पठाइने गरी निर्णय भई  निर्वाचन प्रक्रिया अगाडि बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top