RBN Online खबर

तीनकुने घटनामा गोली लागी घाइते रेविकालाई न्यायको माग गर्दै विद्यार्थीको प्रदर्शन

२०८१ चैत्र १९ गते

काठमडौं । कोटेश्वर बहुमुखी क्याम्पसका विद्यार्थीले रेविका खत्रीको न्यायका लागि प्रदर्शन गरेका छन् । चैत १५ मा तीनकुनेमा राजावादीहरूले गरेको आन्दोलनका क्रममा प्रहरीले गोली लागी उनी गम्भीर घाइते भएकी थिइन् । उनको मीनभवनस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

क्याम्पसकी BB.S तेस्रो वर्षकी छात्रा रेविका खत्री र उनका भाइ नवराज खत्रीलाई न्यायको माग गर्दै मंगलबार कोटेश्वर क्याम्पसका विद्यार्थीले कोटेश्वरमा प्रदर्शन गरेका छन् ।

गत चैत १५ गते कोटेश्वरस्थित भाटभटेनी डिपार्टमेन्ट स्टोर नजिक राजवादी सेनाको विरोध प्रदर्शनका क्रममा दुईजना घाइते भएका थिए । क्याम्पस प्रमुख प्रकाश पोखरेलले घटनाको निष्पक्ष छानबिन र घाइते दुवैलाई न्यायको माग गर्दै मंगलबार बिहान क्याम्पसका विद्यार्थीले आन्दोलन गरेको पुष्टि गरे ।

स्वतन्त्र विद्यार्थी युनियन (कोटेश्वर क्याम्पस शाखा)का अध्यक्ष सञ्जय बुढाथोकीले घाइतेको निःशुल्क उपचार र न्यायको माग गर्दै आन्दोलन गरेको बताए ।

अपाङ्गता भएको अवस्थामा (रेविकाको अवस्था गम्भीर घाइते भएकाले) हामी आजीवन सरकारी सहयोगको माग गरिरहेका छौं, बुढाथोकीले भने । आन्दोलनका क्रममा बुधबार गृहमन्त्रालयमा ज्ञापनपत्र बुझाउने छौँ, बुढाथोकीले चेतावनी दिनुभयो सरकारले यसबारे कुनै आश्वासन नपाए हामी विद्यार्थीले श्रृङ्खलाबद्ध आन्दोलन गर्नेछौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top