RBN Online खबर

३४औं स्थापना दिवसमा नेपाल प्रेस युनियन रामेछापद्वारा बिरामीलाई फलफूल वितरण, दीप प्रज्वलन

२०८२ जेठ १४ गते

रामेछाप । नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवस रामेछापमा मंगलबार विविध कार्यक्रमका साथ मनाइएको छ। नेपाल प्रेस युनियन जिल्ला शाखा रामेछापले मन्थली अस्पतालमा रहेका बिरामीलाई फलफूल वितरण गर्दै स्थापना दिवसको सुरुआत गरेको हो।
मन्थली अस्पतालमा उपचाररत बिरामीलाई स्याउ, केरा तथा जुस वितरण गरिएको जिल्ला अध्यक्ष ज्ञानु श्रेष्ठले जानकारी दिनुभयो। युनियनले सामाजिक उत्तरदायित्वका रूपमा यो कार्य सम्पन्न गरेको जनाइएको छ।


स्थापना दिवसको अवसरमा साँझ मन्थलीको विपी चोकमा दीप प्रज्वलन कार्यक्रम समेत आयोजना गरिएको थियो। अध्यक्ष श्रेष्ठका अनुसार प्रेस युनियनले यो वर्षको स्थापना दिवस सप्ताहव्यापी रूपमा मनाउने तयारी गरेको छ।

“केन्द्रले निर्धारण गरेको कार्यक्रमअनुसार जिल्लामा अन्तरक्रिया, पत्रकारहरूका लागि आँखा परीक्षण जस्ता कार्यक्रमहरू गरिनेछ,” अध्यक्ष श्रेष्ठले बताउनुभयो।
स्थानीयस्तरमा सञ्चारकर्मीहरूको सक्रियता र सामाजिक सहभागितालाई प्रवर्द्धन गर्न यस्ता कार्यक्रमले सकारात्मक सन्देश दिने युनियनको विश्वास छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top