२०८२ जेठ २७, रामेछाप
रामेछाप नगरपालिका वडा नं. १, गोठगाउँलाई बालमैत्री वडा घोषणा गरिएको छ। मिति २०८२ साल जेठ २७ गतेको ऐतिहासिक दिनमा आयोजित विशेष कार्यक्रममा बाल विवहा बालश्रममुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घाेषणा समारोह सफल पारौं नारा सहित वडालाई बालमैत्री घोषणा गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथिका रूपमा निवर्तमान उप–प्रमुख सृजना खड्का रहनु भएको थियो भने सभाध्यक्षको जिम्मेवारी सन्जित कार्कीले निर्वाह गर्नुभयो। कार्यक्रममा विशेष अतिथिको रूपमा नवराज बडु, लोकहरी दहाल र प्रमिला सापकोटाको उपस्थिति रहेको थियो। कार्यक्रम संयोजक वडा सचिव मक्कर बहादुर खड्का हुनुहुन्थ्यो।

बाल अधिकारको संरक्षण, शिक्षा, स्वास्थ्य, सुरक्षा, सहभागिता र समग्र विकासका लागि योगदान पुर्याउने व्यक्तित्व तथा संस्थाहरुलाई प्रशंसा प्रमाणपत्र वितरण गरिएको थियो। सम्मानित हुनेमा आमा समूह, स्वास्थ्य स्वयंसेविका, साविक वडा बाल समूह, स्थानीय विद्यालयका प्रधानाध्यापकहरू तथा बालमैत्री सहजकर्ताहरू रहेका छन्।

बालमैत्री वडाको घोषणाले बालबालिकामाथि केन्द्रित समावेशी र उत्तरदायी प्रशासनको अभ्यासलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।
यस अवसरमा वडावासी जनप्रतिनिधि, शिक्षक-शिक्षिका, बुद्धिजीवी वर्ग, जेष्ठ नागरिक, महिला तथा युवा समूह, स्थानीय संघ–संस्था, सुरक्षाकर्मी, पत्रकार लगायत सम्पूर्ण समुदायको विशेष योगदान रहेको भन्दै आभार व्यक्त गरिएको छ।
बाल विवहा बालश्रममुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घाेषणा समारोह “बालमैत्री वडा निर्माण हाम्रो साझा जिम्मेवारी हो,” भन्ने नारासहित सम्पन्न कार्यक्रमले वडालाई बालहितमैत्री योजनाहरूमा अग्रसर बनाउने संकल्पसमेत गरेको छ।
समाचार संकलन – कार्यवाहक वडा अध्यक्ष- सन्जित कार्की ,कृषि प्राविधिक – लोकेन्द्र कार्की
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?












