RBN Online खबर

रामेछाप नगरपालिकाका ९ वटै वडा बालमैत्री घोषणा

२०८२ जेठ २७ गते

रामेछाप । रामेछाप  नगरपालिकाको सम्पूर्ण ९ वटै वडा मंगलबार एकैसाथ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ। नगरपालिकाले बालअधिकार र बालमैत्री सेवाको प्रवर्द्धनका लागि सबै वडाहरुले आवश्यक सूचकहरू पुरा गरेपछि यस घोषणा गरिएको हो।

बालमैत्री घोषणा भएका वडाहरूमा वडा नं १ गोठगाउँ, वडा नं २ देउराली, वडा नं ३ साँघुटार, वडा नं ४ हिमगंगा, वडा नं ५ रामपुर, वडा नं ६ ओख्रेनी, वडा नं ७ सुकाजोर, वडा नं ८ रामेछाप र वडा नं ९ ल्याङ्गल्याङ्ग रहेका छन्।
सबै वडाहरूले २०७९ असोज २६ गतेदेखि नै बालमैत्री स्थानीय शासनको अभ्यास गर्दै आएका थिए। राष्ट्रिय रणनीतिअनुसारका ५१ सूचकहरू पूरा भएपछि जिल्ला समन्वय समितिबाट अनुगमन सम्पन्न गरी सबै वडालाई एकैदिन घोषणा गरिएको हो।
घोषणा कार्यक्रम वडागत रूपमा भव्य रूपमा सम्पन्न भयो।
• वडा नं १ मा कार्यक्रम रामेछाप नगरपालिकाकी निवर्तमान उपप्रमुख सृजना खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।
• वडा नं २ मा जिल्ला समन्वय समितिका उपप्रमुख प्रेम सागर थापा,
• वडा नं ३ मा प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाई,
• वडा नं ४ मा नगरप्रमुख लवश्री न्यौपाने,
• वडा नं ५ मा जिल्ला समन्वय अधिकारी हरिकृष्ण फुयाल,
• वडा नं ६ मा प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा,
• वडा नं ७ मा निवर्तमान उर्जा, जलश्रोत तथा सिँचाइ राज्य मन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम),
• वडा नं ८ मा शिक्षा समन्वय इकाई प्रमुख नेत्रप्रसाद गजुरेल,
• र वडा नं ९ मा बाग्मती प्रदेशसभा सदस्य तारा नारायण श्रेष्ठ प्रमुख अतिथि थियो।

कार्यक्रममा सहभागीहरूले बालमैत्री स्थानीय शासनलाई दीगो बनाउने प्रतिबद्धता व्यक्त गर्दै हस्ताक्षर गरेका थिए। अब बाग्मती प्रदेश सरकारलाई सबै प्रतिवेदनहरू पठाइनेछ र ती अनुमोदन भएपछि रामेछाप नगरपालिकालाई नै बालमैत्री नगरपालिका घोषणा गरिनेछ।
यो घोषणा सँगै रामेछाप जिल्ला भित्र रामेछाप नगरपालिका पहिलो पटक सम्पूर्ण वडालाई बालमैत्री बनाउने नगरपालिका बनेको छ। यसले बालअधिकार र बालमैत्री सेवा प्रवर्द्धनमा नयाँ उदाहरण स्थापित गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top