RBN Online खबर

पहिरोका कारण बिपी राजमार्ग एकतर्फी सञ्चालनमा ।

असार , काभ्रे । काभ्रेको रोशी गाउँपालिका -९ स्थित नार्कमा लेदोसहित खसेको पहिरोका कारण बिपी राजमार्ग एकतर्फी खुलेको छ ।

वर्षापछि सडक माथिबाट लेडोसहित खसेको पहिरोका कारण रोशी गाउँपालिका -९ नार्कमा सडक अवरुद्ध भएको थियो।

आज सोमबार साँझ ५ बजेबाट अवरुद्ध भएको सडक इलाका प्रहरी कार्यालय मंगलतारबाट खटिएको टोली ल सडक विभागको मेसिनको सहायताले एकतर्फी सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय काभ्रे ले जानकारी दिएका छन।

सडक अवरुद्ध भएपछि तराईबाट आएका एम्बुलेन्स लगायतका अन्य सवारी साधन अलपत्र वा जाममा परेकाछन् । सडक एकतर्फी खुलाएर एम्बुलेन्स र रोकिएका सवारी साधन पास गराएपछि सडक दुईतर्फी खुलाउने प्रयास भइरहेको छ ।

अहिले करिब रतिको १० बजे सम्म पनि समस्या लाई समाधान गर्न नसकिएको र अझै केही समय लाग्ने भएको समेत त्यहाका बासिन्दाले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top