RBN Online खबर

शेखर कोइरालाले बोलाए निकटका सांसदहरूको बैठक

काठमाडौं, साउन ४ — नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले आफ्नो समुहका निकटका सांसदहरूको आकस्मिक बैठक बोलाएका छन्। पार्टीभित्रको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न भन्दै शुक्रबार बिहान काठमाडौंमा बैठक राखिएको हो।विश्वसनीय स्रोतका अनुसार पार्टी नेतृत्वले हालै लिएको केही निर्णयप्रति असन्तुष्टि जनाउँदै कोइराला समूहले वैकल्पिक धारणा बनाउन बैठक आयोजना गरेको हो। बैठकमा दर्जनौं संघीय सांसदहरू, प्रदेश सांसदहरू र कोइराला समूहका प्रभावशाली नेताहरू सहभागी छन्।बैठकमा आगामी महाधिवेशन, सरकारमा कांग्रेसको भूमिकालगायत विषयमा विस्तृत छलफल हुने बताइएको छ। शेखर कोइरालाले विगतदेखि नै संस्थागत निर्णय प्रक्रियाको माग गर्दै आएका छन्।बैठकपछि पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै एक नेताले भने, “पार्टीभित्रको समन्वय अभावबारे गम्भीर छलफल भइरहेको छ। अब एकताको नाममा निरन्तर मौन बस्न सकिन्न भन्ने मत बलियो बन्दै गएको छ।”नेपाली कांग्रेसभित्र बढ्दो असन्तुष्टि र शक्ति सन्तुलनको खोजीका बीच शेखर समूहको यो बैठक महत्वपूर्ण रुपमा हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top