साउन ४
चितवन– चितवनको मुग्लिन-नारायणगढ सडकखण्डमा आइतबार बिहान एक कारमाथि ढुंगा खस्दा तीन जना यात्रु घाइते भएका छन्। पहिरोको कारण पहाडबाट खसेको ढुंगा कारमाथि खस्दा दुर्घटना भएको हो। नारायणगढतर्फ जाँदै गरेको थियो। सोही क्रममा पहिरोबाट अचानक खसेको ठूलो ढुंगाले कारको अगाडिको भागमा ठोक्किँदा सवार तीन जना घाइते भएका छन्।घाइतेहरूलाई उद्धार गरी उपचारका लागि भरतपुर अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र अन्य दुईको अवस्था मध्यम रहेको बताइएको छ।दुर्घटनापछि केही समय सडक अबरुद्ध भए पनि अहिले सडक एकतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ। वर्षाका कारण सो सडकखण्डमा पटक–पटक ढुंगा तथा माटो खस्ने क्रम बढिरहेको छ, जसले गर्दा यात्रु र चालकहरूलाई सर्तकता अपनाउन आग्रह गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?












