साउन ०४
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको भारतको आधिकारिक भ्रमण आगामी भदौ ३१ गतेदेखि हुने भएको छ। प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा तीनदिने दिल्ली भ्रमण गर्ने तय भएको सरकार स्रोतले जानकारी दिएको छ।यो भ्रमणका क्रममा दुई देशबीच आपसी सम्बन्ध सुदृढ पार्ने, सीमा समस्या, ऊर्जा व्यापार, पूर्वाधार विकास र पारवहन लगायतका मुद्दाहरूमा उच्चस्तरीय छलफल हुने अपेक्षा गरिएको छ। प्रधानमन्त्री ओलीले दिल्लीमा भारतीय समकक्षी मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ भने राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटसमेत गर्नेछन्।प्रधानमन्त्रीसँग परराष्ट्रमन्त्री, ऊर्जामन्त्रीलगायत उच्चस्तरीय प्रतिनिधिमण्डल समेत रहनेछ। भ्रमणको तयारीका लागि परराष्ट्र मन्त्रालयले आवश्यक समन्वय गरिरहेको छ।यो भ्रमणलाई पछिल्लो समय शीतिएको देखिएको नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने अवसरका रूपमा हेरिएको छ। साथै, जलविद्युत् निर्यात, रेल सेवा विस्तार र लगानी प्रवर्द्धनमा समेत समझदारीपत्रमा हस्ताक्षर हुने सम्भावना रहेको जनाइएको छ।प्रधानमन्त्री ओलीको पछिल्लो कार्यकालमा भारतको यो पहिलो आधिकारिक भ्रमण हुनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?












