RBN Online खबर

भक्तपुरमा दुःखद घटना : दुई किशोरी झुण्डिएको अवस्थामा मृत फेला

२०८२ साउन ८ गते

भक्तपुर। भक्तपुरमा दुई सगी बहिनी झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। सुर्खेत पञ्चपुरी नगरपालिका–८ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–८ बोडेमा बस्दै आएका १७ वर्षीया मेनुका कँडेल र उनकी १५ वर्षीया बहिनी सृजना कँडेल बिहीबार बिहान मृत फेला परेका हुन्।

दुवै जनालाई बोडेको सिन्टिटारस्थित चक्रधर प्रजापतिको दुई तले घरको भुइँतलाको प्यासेजमा फलामको डन्डीमा एउटै नाइलनको डोरी प्रयोग गरी झुण्डिएको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए।

घटनास्थलमा प्रहरीको टोली पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरिएको र घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। अहिले यस घटनाबारे थप अनुसन्धान जारी रहेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top