RBN Online खबर

प्रधानमन्त्री र अख्तियारले लाज पचाएर कम्पनी रजिस्ट्रारको असुली हेरिरहेको

साउन ८

काठमाडौँ- कम्पनी रजिस्ट्रारको कार्यालयमा खुलेआम असुली, घुस र दलालको चलखेल भइरहँदा सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोग मुकदर्शक बनेका छन्।

सेवाग्राहीलाई सास्ती दिँदै फाइल पास गर्न वा सिफारिस पाउन हजारौं देखि लाखौं रुपैयाँ असुल्ने प्रचलन अहिले झनै बढ्दो छ।एक व्यापारीका अनुसार कम्पनी दर्ता, नविकरण वा नाम परिवर्तनका लागि सामान्य प्रक्रिया अपनाउँदा महिनौं समय लाग्ने तर दलालको माध्यमबाट पैसा तिरेर काम गराउँदा एक–दुई दिनमै प्रक्रिया सम्पन्न हुने देखिएको छ।

“स्रोतका अनुसार, कम्पनी रजिस्ट्रार कार्यालयभित्रका केही कर्मचारीहरू दलालहरूसँग मिलेर सेवाग्राहीमाथि अनावश्यक झमेला खडा गर्छन् र पछि समाधानको बाटोका रूपमा रकम असुल्ने रणनीति अपनाइन्छ।

समस्या यतिमा मात्र सीमित छैन। यसरी असुली हुने गुनासोहरू पटक–पटक सार्वजनिक हुँदै आएका भए पनि सरकारले कुनै ठोस कदम चालेको छैन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही समयअघि “अनुगमन गरिने” बताएको थियो, तर त्यसपछि कुनै छानबिन भएको प्रमाणित छैन।

जनताले भ्रष्टाचार विरुद्ध आवाज उठाइरहँदा, प्रधानमन्त्री र अख्तियारको मौनता र निष्क्रियताले सत्ताको संरक्षणमा नै असुलीको खेल चलिरहेको आशंका बलियो बनाइरहेको छ।कम्पनी रजिस्ट्रार कार्यालयमा भइरहेको असुली र भ्रष्टाचार नियन्त्रण गर्न प्रधानमन्त्री कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोग तत्काल सक्रिय हुन जरुरी छ। नत्र भने यस्तो बेथिति जनताको विश्वास गुमाउने खतरा थप गहिरो हुँदै जानेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top