२१ साउन २०८२
काठमाडौँ । बहुविवाहलाई कानुनीरूपमा अनुमति दिने प्रस्तावित कानुनी मस्यौदा विरुद्ध आमरण अनशनमा बसेकी सामाजिक अभियन्ता बिनु यादवको आन्दोलन सफल भएको छ। कानुन मन्त्री अजय चौरासियाले प्रतिनिधिसभा बैठकमा मस्यौदा खारेज गर्ने घोषणा गरेसँगै, यादवले ६ औं दिनमा अनशन तोडिन्।
संविधान, मानवअधिकार र महिलाको अधिकारविपरीत रहेको भन्दै व्यापक विरोध भएपछि बहुविवाहसम्बन्धी मस्यौदा सरकारले फिर्ता लिएको हो। मन्त्री चौरासियाले अनसन बसिरहेकै ठाउँमा विनु यादवलाई भेटी कानून बन्न नदिने स्पष्ट प्रतिबद्धता जनाएपछि बिनु यादवको माग पूरा भएको घोषणा गरिएको हो।
“सरकार सुन्दैन भने मेरो शव उठाउन आउनु,”
– भनेर विगत ६ दिनदेखि आमरण अनशनमा बसेकी यादवले अन्ततः राहतको सास फेर्न पाइन्।
आन्दोलनको क्रममा बिनु यादवले थुप्रै सामाजिक अभियन्ता, महिला अधिकारकर्मी, सर्वसाधारण, सञ्चारकर्मी, र न्यायप्रेमीहरूसँग ऐक्यबद्धता पाएकी थिइन्। उनको संघर्षलाई सामाजिक सञ्जालमा लाखौंले समर्थन जनाएका थिए।
RBN Online khabar मार्फत दिइएको अन्तर्वार्तामा बिनु यादवले भनिन्,
“यो मेरो मात्र होइन, सम्पूर्ण महिलाहरूको जीत हो।”
यादवले आन्दोलन रोक्ने घोषणा गर्दै धन्यवाद ज्ञापन गरिन् –
“म आज कमजोर छु, तर मेरो आत्मा अझै बलियो छ। सरकारको यो निर्णयले महिला अधिकारका पक्षमा एक नयाँ अध्याय सुरु गरिदिएको छ।”
कानुनी सुधारको सन्दर्भमा यस्तो नागरिक दबाबले सकारात्मक परिणाम ल्याउन सक्ने उदाहरणको रूपमा बिनु यादवको आन्दोलनलाई लिइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?












