रामेछाप, मन्थली – २०८२ साउन २५
आज बिहान मन्थलीबाट खुर्कोट हुँदै हेटौडा जाँदै गरेको महेन्द्र कम्पनीको बा १३ च ३९३५ नम्बरको डबल क्याप स्कारपियो पिकअप गाडी कुनौरीस्थित बोक्सेको पहराको अक्करबाट सडक तल खसेको छ।
गाडीमा सवार दुई जनामध्ये श्रीमती राधा कार्की चौहानको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनी स्वास्थ्यकर्मी रहेको बताइएको छ। उनका श्रीमान उत्तम चौहान घाइते भएका छन्।
घाइते चौहानलाई प्रारम्भिक उपचारपछि सामुदायिक अस्पतालमा लगिएको र थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?


