RBN Online खबर

रामेछाप नगरपालिका–१ गोठगाउँका लागि काठमाडौंमै सामाजिक सुरक्षा भत्ता सेवा

    २०८२ भदौ २ गते

    रामेछाप नगरपालिका वडा नं. १ का स्थायी बासिन्दा तर हाल काठमाडौं उपत्यकामा बसोबास गरिरहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीका लागि काठमाडौंमै सेवा उपलब्ध हुने भएको छ।

    वडा कार्यालयले जारी गरेको सूचनाअनुसार सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरणका लागि विभिन्न कारणले वडा कार्यालयमै उपस्थित हुन नसकेका लाभग्राहीलाई सहज बनाउन विशेष व्यवस्था गरिएको हो।

    “लामो बाटो हिँडेर गाउँ फर्कन सक्ने अवस्थामा नभएका लाभग्राहीलाई सुविधा पुर्‍याउने उद्देश्यले काठमाडौंमै सेवा दिने निर्णय गरिएको हो,” कार्यवाहक वडा अध्यक्ष  सन्जित कार्की ले बताए।

    मिति र स्थान
    लाभग्राहीहरूले २०८२ भदौ ६ र ७ गते काठमाडौं उपस्थित भई सामाजिक सुरक्षा भत्ता नविकरण प्रक्रिया पूरा गर्न सक्नेछन्।
    सेवा को.जी. होटल, जडिबुटी, काठमाडौं मा उपलब्ध हुनेछ।

    सम्पर्क व्यक्ति
    • रेख बहादुर खत्री, वडा अध्यक्ष (९८५११४६९६४)
    • मक्कर बहादुर खड्का, वडा सचिव (९८४२६६९१५७)
    वडा कार्यालयका अनुसार उक्त सेवाबाट रामेछाप नगरपालिकाका वडा नं. १ का लाभग्राहीले सहजै सामाजिक सुरक्षा भत्ता नविकरण सेवा प्राप्त गर्नेछन्।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

    Loading spinner

    प्रतिक्रिया

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार

    Scroll to Top