RBN Online खबर

दसैंमा चम्किलो नोट! नयाँ नोट साटाइ भदौ २९ बाट

१५ भदौ, काठमाडौं ।

दसैँ नजिकिँदै गर्दा नेपाल राष्ट्र बैंकले नयाँ नोट (सुकिला नोट) साट्ने कार्यक्रम सार्वजनिक गरेको छ। बैंकका अनुसार यो वर्ष सुकिला नोट भदौ २९ गतेदेखि असोज १० गतेसम्म साट्न पाइनेछ।

राष्ट्र बैंकले बिहीबार सूचना जारी गर्दै निर्धारित मितिभित्र नागरिकले नयाँ नोट प्राप्त गर्न सक्ने जानकारी दिएको हो। हरेक वर्षझैं यसपालि पनि दसैँको लागि सुकिला नोटको व्यवस्था गरिएको हो।

यसैबीच, यस वर्षको विजया दशमी असोज १६ गते परेको छ। घटस्थापना असोज ६ गते हुनेछ भने फूलपाती असोज १३ गते पर्छ। घटस्थापनाबाट सुरु हुने दसैं पर्वमा नेपालीहरूले आ-आफ्नो घरमा दुर्गा पूजा आरम्भ गर्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top