२०८२ भदौ २६
रामेछाप — रामेछाप कारागारमा बिहीबार बिहान कैदीबन्दीले सामूहिक रूपमा भाग्ने प्रयास गर्दा नेपाली सेनाले गोली चलाउँदा तीन जनाको मृत्यु भएको छ।
‘जेल ब्रेक’ शैलीमा आन्दोलन गर्दै कैदीबन्दीले कारागारको भित्री ताला तोडेर मुख्य गेटसम्म पुग्ने प्रयास गरेका थिए। त्यसक्रममा नियन्त्रण गर्न सुरक्षाकर्मीले गोली चलाउनु परेको प्रमुख जिल्ला अधिकारी (सिडिओ) श्यामकृष्ण थापाले जानकारी दिए।
घटनामा १५ जना कैदीबन्दी घाइते भएका छन्। गोली लागेर घाइते भएका तीन जनाको उपचारका क्रममा मृत्यु भएको रामेछाप अस्पतालका डाक्टर रोहन पाण्डेले पुष्टि गरेका छन्।
हाल रामेछाप कारागारमा ३०० भन्दा बढी कैदीबन्दी रहेका छन्। घटनापछि स्थिति नियन्त्रणमा ल्याइएको र कारागार परिसर तथा आसपासमा कडा सुरक्षा व्यवस्था मिलाइएको सिडिओ थापाले बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?


