२०८२ भदौ २६
रामेछाप — रामेछाप जिल्ला कारागारमा बिहीबार बिहान कैदीहरूले योजनाबद्ध रूपमा फरार हुने प्रयास गरेपछि सुरक्षाकर्मीले गोली चलाउन बाध्य हुँदा दुई कैदीको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।
बिहान सबेरै कैदीहरूले ग्यास सिलिन्डर पड्काएर प्रहरीलाई तर्साउने र सोही मौका पारेर भाग्ने योजना बनाएको पाइएको छ। त्यसपछि उत्पन्न तनावलाई नियन्त्रणमा लिन नेपाली सेनाले गोली चलाएको हो।
गोली लागेर गम्भीर घाइते भएका मोरङका जबरजस्ती करणी मुद्दाका ३५ वर्षीय राज किश्वर यादव र धनुषाका ५८ वर्षीय बिगुरु धोबीको उपचारका क्रममा मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ।
यस्तै, अन्य १५ जना कैदी घाइते भएका छन्। तीमध्ये ३ जनाको अवस्था गम्भीर छ भने ९ जनाको अवस्था सामान्य छ। थप ३ जनाको नाम र विवरण खुल्न बाँकी छ।
मृत्यु भएका
३५ वर्षीय राज किश्वर यादव, मोरङ — जबरजस्ती करणी मुद्दा
५८ वर्षीय बिगुरु धोबी, धनुषा — कर्तव्य ज्यान मुद्दा
गम्भीर घाइते
रामचन्द्र मण्डल (परिचय अपूर्ण)
हकिम सुनुवार (परिचय अपूर्ण)
कमल बी.क. (परिचय अपूर्ण)
सामान्य अवस्थामा रहेका
नारायण बस्याल (२९ वर्ष, ठेगाना खुल्न बाँकी)
मनोज हमाल (४० वर्ष, मानव बेचबिखन मुद्दा)
नविन रसाईली (३० वर्ष, जबरजस्ती करणी मुद्दा)
अरुण साह (३१ वर्ष, ज्यान मुद्दा)
बिनोस ढकाल (२३ वर्ष, कर्तव्य ज्यान मुद्दा)
श्रवण अधिकारी (२८ वर्ष, जबरजस्ती करणी मुद्दा)
महोमद मिया (३० वर्ष, जबरजस्ती करणी मुद्दा)
चन्द्र बी.क. (३५ वर्ष, ज्यान मुद्दा)
रोहित दनुवार (३१ वर्ष, उदयपुर)
विवरण नखुलेका
नाम नखुलेको १ जना
नाम नखुलेको १ जना
परिचय नखुलेको १ जना
घटना भएपछि प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, नेपाली सेना र सशस्त्र प्रहरीसहितको टोली घटनास्थल पुगेर कारागारलाई नियन्त्रणमा लिएको छ। हाल कारागार परिसरमा सुरक्षा व्यवस्था कडाइ गरिएको छ।
रामेछाप कारागारमा हाल ३३४ जना कैदीबन्दी रहेका छन्। बुधबारसम्म शान्त देखिएको जिल्लामा बिहीबार गोली चल्नुपरेको घटनाले सुरक्षाप्रति थप प्रश्न खडा भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?


