RBN Online खबर

एमालेमा तीनथरी बहसको छिनोफानो आज, ११औं महाधिवेशन मिति तोकिने

काठमाडौं,असाेज २५ – शुक्रबारदेखि जारी नेकपा एमालेको सचिवालय बैठक आज सकिँदै छ ।

जेन-जी आन्दोलनपछिको बदलिँदो राजनीतिक घटनाक्रममा एमालेमा उठिरहेको तीनखाले बहसको आजको बैठकले निरुपण गर्ने बताइएको छ । एमालेमा यतिखेर ओलीकै नेतृत्व कि हस्तान्तरण वा पुस्तान्तरण भन्ने तीनखाले बहस चर्किएको छ ।

त्यस्तै संसद पुन:स्थापनाको एजेण्डा बोक्ने कि चुनावको तयारीमा लाग्ने भन्नेमा नेताहरूबीच मतऐक्यता छैन ।

पार्टीको संस्थापन पक्ष छिट्टै महाधिवेशन बोलाउने तयारीमा रहेकाले आजको बैठकले महाधिवेशनको मिति तोक्ने सम्भावना बढी छ । शनिबार बस्ने बैठकमा महाधिवेशनको प्रस्ताव गरिने हिजो बैठकपछि उपमहासचिव प्रदीप ज्ञवाली बताएका थिए ।

गुन्डुमा शुक्रबार बसेको बैठकमा पार्टी पुनर्गठनको आवाज बलियो बनेको थियो । अध्यक्ष केपी शर्मा ओलीलाई मार्ग प्रशस्त गर्न दबाब बढेको छ ।

हिजो ८ पदाधिकारीले आफ्नो धारणा राखेका छन् । भने आज बाँकी दुई उपमहासचिव र सचिवहरूले धारणा राखेपछि अध्यक्षले जवाफ दिएसँगै संस्थागत निर्णय आउने सचिव पद्मा अर्यालले नेपाल प्रेसलाई बताइन् ।

शुक्रबारको बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले ओलीलाई मार्ग प्रशस्त गर्न आग्रह गरे । ओलीको राजीनामा माग्दै शाक्य र ज्ञवालीले लिखित राय नै पेश गरेका छन् ।

यो समाचार पनि पढ्नुहो्- एमाले सचिवालय बैठक : लिखित रूपमै मागियो ओलीको राजीनामा, को उभिए प्रतिरक्षामा ?

उपाध्यक्ष गुरु बराल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवालीले ओलीको बचाउ गरे । आजको बैठकले पार्टीको अधिवेशनको मिति प्रस्ताव हुने उपमहासचिव प्रदीप ज्ञवालीले जनाएका छन् । त्यसबाहेक आसन्न केन्द्रीय समितिका एजेण्डा तय गरिनेछ ।

‘सबैले बोलिसकेपछि मात्र निचोड निस्किन्छ । विषम समसामयिक राजनीतिक परिस्थितिमा गम्भीर छलफल हुन्छ त्यसपछि कसरी जाने निष्कर्ष आउँछ’, प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने ।

विधान महाधिवेशन सम्पन्न भइसकेकाले अब जतिसक्दो चाँडो ११ औं महाधिवेशन गर्नुपर्ने पक्षमा नेताहरू एकमत छन् । तर, ओलीले अहिले नै जिम्मेवारी छाडेर वरीयताका आधारमा कार्यवाहक दिएर जानुपर्ने कुरा पनि उठेका छन् ।

एमाले स्रोतका अनुसार चाँडोमा मंसिरदेखि ढिलोमा फागुनभित्र महाधिवेशन आयोजना हुनेछ । फागुन २१ मा चुनाव हुने भनिएकाले मंसिर वा पुसभित्र महाधिवेशन आयोजना गर्न सकिने नेताहरूको भनाइ छ ।

यो पनि पढ्नुहोस्- एमालेमा विद्या भण्डारीलाई छेक्न नहुने मत बलियो बन्दै, विष्णु र बादल पनि खुले

हिजो पार्टी पूर्वउपाध्यक्षसमेत रहेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गरेर जानुपर्ने मत पनि उठेको छ ।

उपाध्यक्ष विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’ लगायतका यसअघि नखुलेका नेता पनि विद्यालाई तगारो हाल्दा सकारात्मक सन्देश नगएको र तल्लो तहसम्मै असन्तुष्टि साथै विभाजित हुने अवस्था आएको तर्कसहित स्वागत गरेर जानुपर्ने पक्षमा उभिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top