RBN Online खबर

साँघुटार युवा क्लबद्वारा रामेछापमा वडा–स्तरीय पुरुष भलिबल प्रतियोगिता शुभारम्भ

२०८२ माघ २ गते

रामेछाप जिल्ला, रामेछाप नगरपालिका–३ मा अवस्थित साँघुटार युवा क्लबको आयोजनामा खुला वडा–स्तरीय पुरुष भलिबल प्रतियोगिताको शुभारम्भ गरिएको छ। प्रतियोगिताको उद्घाटन क्लबका अध्यक्ष श्री नरेश प्रधानको अध्यक्षतामा तथा बागमती प्रदेशका माननीय आनन्द कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

प्रतियोगितामा जिल्लाभित्रका विभिन्न वडाबाट कुल २६ टिमले सहभागिता जनाएका छन्। खेल माघ ६ गतेसम्म सञ्चालन हुनेछ। उद्घाटन कार्यक्रममा विभिन्न अतिथिहरू, खेलाडीहरू तथा दर्शकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमलाई नगद रु ८१ हजार १११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। त्यसैगरी द्वितीय हुने टिमलाई रु ४१ हजार १११, तृतीय हुने टिमलाई रु २१ हजार १११ तथा सान्त्वना स्थान हासिल गर्ने टिमलाई रु ८ हजार १११ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।


यसका साथै उत्कृष्ट खेलाडीलाई रु ५,००० नगद पुरस्कार प्रदान गरिनेछ भने उत्कृष्ट सेटर, उत्कृष्ट लिब्रो, उत्कृष्ट ब्लकर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सर्भर र उत्कृष्ट कोचलाई जनही रु २,००० नगदसहित सम्मान गरिनेछ।

टिम दर्ता शुल्क रु ४,१०० तोकिएको थियो। आयोजक साँघुटार युवा क्लबले प्रतियोगिताले स्थानीय खेल प्रतिभाको पहिचान र खेलकुद विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top