२०८२ चैत १७
दोलखा–रामेछाप सिमानास्थित खिम्ती क्षेत्रमा रहेको हिमाल हाइड्रोपावरमा कार्यरत एक कर्मचारीको दुःखद मृत्यु भएको छ। ओखलढुङ्गा घर भएका करिब ५२ वर्षीय लोकबहादुर बोगटी सोमबार राति दुर्घटनामा परेका हुन्।
प्रहरीका अनुसार राति करिब साढे ९ बजेको समयमा एक्लै हिँडिरहेका बोगटी अचानक सडकबाट लडेको प्रारम्भिक निष्कर्ष छ।
सिसिटिभी फुटेजले पनि उनी हिँड्दाहिँड्दै सडकबाट खस्दै गरेको दृश्य देखाएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।
सडकबाट लडेपछि बोगटी पर्खाल निर्माणका लागि खनिएको खाल्डोमा जमेको पानीमा डुबेको अवस्थामा फेला परेका थिए।
मंगलबार बिहान कामदारहरूले उनको शव देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए।
घटनाबारे प्रहरीले थप अनुसन्धान जारी राखेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?












