२०८३ असोज ३

रामेछाप — नेपाली कांग्रेस रामेछाप नगरपालिका वडा नं. १ को १५ औँ वडा अधिवेशनले सुजन कार्कीको सभापतित्वमा नयाँ वडा कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
तत्कालीन वडा सभापति विर बहादुर मगरको सभापतित्वमा गोठगाउँमा आयोजित अधिवेशन तथा विशेष भेलाले आगामी कार्यकालका लागि सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने निर्णय गरेको हो। अधिवेशन सम्पन्न गराउनका लागि इन्द्र बहादुर थापालाई निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको थियो।

अधिवेशनको उद्घाटन तथा बैठकलाई सम्बोधन गर्दै निवर्तमान सभापति विर बहादुर मगरले आफ्नो कार्यकालमा सहयोग पुर्याउने सम्पूर्ण पार्टी नेतृत्व, क्रियाशील सदस्य तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्नुभयो। उहाँले पार्टीलाई स्थानीय तहमा सुदृढ र एकताबद्ध बनाउन नयाँ पुस्ता र पुराना अनुभवी नेताहरूबीचको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै नवगठित टोलीलाई सफलताको शुभकामना दिनुभयो।
यसैगरी, नवनिर्वाचित सभापति सुजन कार्कीले आफूमाथि विश्वास गरेर जिम्मेवारी सुम्पेकोमा सम्पूर्ण पार्टी नेतृत्व, क्रियाशील सदस्य तथा अग्रजहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “सबै अग्रजहरूको अनुभव र युवाहरूको ऊर्जालाई एकजुट बनाएर रामेछाप नगरपालिका वडा नं. १ मा नेपाली कांग्रेसलाई अझ सशक्त, संगठित र जनमुखी बनाउन म निरन्तर क्रियाशील रहनेछु। वडाका हरेक जनताको सुख-दुःखमा साथ दिँदै संगठन विस्तारलाई तीव्रता दिनेछु।”
अधिवेशनका मुख्य निर्णयहरू:
1. वडा कार्यसमिति चयन: अधिवेशनमा निर्वाचन अधिकृत इन्द्र बहादुर थापाले दिएको जानकारीअनुसार वडा कार्यसमिति तथा क्रियाशील प्रतिनिधिहरूलाई सर्वसम्मत रूपमा चयन गरी सोको आधिकारिक अभिलेख राखिएको छ।
2. संगठन सुदृढीकरण: पार्टीको स्थानीय संगठनलाई अझ चुस्त, गतिशील र पारदर्शी बनाउँदै लैजाने विषयमा विस्तृत छलफल गरिएको छ।
नवगठित वडा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू:
सभापति: सुजन कार्की
उपसभापति (महिला): हिरामाया वि.क.
उपसभापति: लक्ष्मण सापकोटा
सचिव: भरत सापकोटा
सह-सचिव: प्रकाश कार्की
सदस्य (महिला): राम माया मगर
सदस्य (महिला): मेनुका कार्की
सदस्य (दलित): रण बहादुर सार्की
सदस्य (युवा): मोहन बहादुर बुढाथोकी
सदस्य (युवा): कुबिर (राजन) भुजेल
सदस्य (खुल्ला): निर बहादुर खत्री
सदस्य (खुल्ला): सञ्जित कार्की
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?












