RBN Online खबर

भरत दाहालको रिहाइको माग गर्दै मन्थलीमा नेविसंघको सिट्टी जुलुस; स्ववियु सभापति सञ्जय बुढाथोकीद्वारा बालेन सरकारको आलोचना

२०८३ असोज ६

​मन्थली (रामेछाप): राजनीतिक विश्लेषक तथा पत्रकार भरत दाहालको पक्राउको विरोधमा मन्थलीमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सिट्टी जुलुससहित विरोध प्रदर्शन गरेको छ।

मन्थलीको देवकोटा चोकमा भेला भएका विद्यार्थी तथा युवाहरूले प्रेस तथा वाक स्वतन्त्रताको रक्षा गर्न र दाहाललाई तत्काल रिहा गर्न माग गरेका हुन्।

​कार्यक्रमलाई सम्बोधन गर्दै कोटेश्वर बहुमुखी क्याम्पसका स्ववियु सभापति सञ्जय बुढाथोकीले सरकार र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह नेतृत्वको कदमप्रति कडा आक्रोश व्यक्त गरे। नयाँ पुस्ता (Gen-Z) को आन्दोलन र बलिदानको जगमा बनेको परिस्थितिमा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन खोजिएको आरोप उनले लगाए।
​सम्बोधनका क्रममा स्ववियु सभापति सञ्जय बुढाथोकीले भने:
​”भ्रष्टाचारविरुद्ध र प्रेस स्वतन्त्रताका लागि Gen-Z को रगत र लास माथि टेकेर आएको बालेन सरकारले आज हरेक पत्रकार र सर्वसाधारणका छोराछोरीलाई पक्राउ गरेर जेल हालिरहेको छ। संविधानले ग्यारेन्टी गरेको वाक स्वतन्त्रता खोस्ने अधिकार कसैलाई छैन। भरत दाहाल लगायत पक्राउ गरिएका पत्रकारहरूलाई बिनासर्त तत्काल रिहा गरिनुपर्छ।”

​उनले बालेन शाहलाई ‘कालो चश्मा फुकालेर’ देशको वास्तविक समस्या र तातोपानी, रसुवा तथा तातोपानी/भोटेकोशी नाकातर्फ ध्यान दिन आग्रह गर्दै दाहालको रिहाइ नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिए।

​नेपाल विद्यार्थी संघका नेता एवं कार्यक्रमका संयोजक अविनाश कार्कीको संयोजनमा आयोजित सो प्रदर्शनमा मन्थली क्याम्पसका पूर्व स्ववियु सभापति लगायत स्थानीय युवा तथा विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो।

​प्रदर्शनका क्रममा लागेका मुख्य नाराहरू:
​बालेन सरकार — होसियार!
​वाक स्वतन्त्रता — कायम गर!
​भरत दाहाललाई — रिहा गर!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top