
रामेछाप–काठमाडौं सम्पर्क समितिको नेतृत्वमा नयाँ जिम्मेवारी थपिएको छ। नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (ने.वि. संघ) ले राजेश भण्डारीलाई नेविसंघ रामेछाप–काठमाडौं सम्पर्क समितिको कार्यवाहक अध्यक्षमा नियुक्त गरेको छ।
ने.वि. संघको विधान २०२७ (सातौं संशोधन २०७७) अनुसार गरिएको उक्त मनोनयन मिति २०८२/०९/०१ मा जारी आधिकारिक पत्रमार्फत सार्वजनिक गरिएको हो। खाँडादेवी गाउँपालिका–०८, रामेछाप स्थायी ठेगाना भएका भण्डारीलाई समितिको नेतृत्व सुम्पिएको जनाइएको छ।
सम्पर्क समितिका अध्यक्ष विष्णु श्रेष्ठद्वारा हस्ताक्षरित पत्रमा भण्डारीले संगठनको नीति, विधि र मर्यादाभित्र रही जिम्मेवारी निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ। साथै, उनको नेतृत्वले नेविसंघ रामेछापको संगठनात्मक क्षमता अझ मजबुत हुने अपेक्षा गरिएको उल्लेख छ।
रामेछाप–काठमाडौं सम्पर्क समिति राजधानीमा अध्ययनरत तथा बसोबास गर्दै आएका रामेछापका विद्यार्थीहरूलाई एकताबद्ध गर्दै उनीहरूको हक, हित र सरोकारका विषयमा सक्रिय भूमिका खेल्दै आएको छ। भण्डारीको नियुक्तिसँगै समितिका गतिविधि थप गतिशील र प्रभावकारी बन्ने आशा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?












