RBN Online खबर

रामेछाप नगरपालिकामा १ हजार ७१ जना नयाँ मतदाता थपिए

२०८२ पुष १०

रामेछाप नगरपालिका भित्र आगामी निर्वाचनलाई लक्षित गर्दै मतदाता नामावली अद्यावधिक गरिएको छ। निर्वाचन आयोग, नेपालले सार्वजनिक गरेको विवरणअनुसार २०८२ फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुनेहरू लाई समेटेर तयार गरिएको मतदाता नामावलीमा नगरपालिकाभर १ हजार ७१ जना नयाँ मतदाता थपिएका छन्

निर्वाचन आयोगका अनुसार यसअघि रामेछाप नगरपालिकामा २४ हजार ८८६ जना मतदाता रहेकोमा नयाँ नामावलीपछि यो संख्या २५ हजार ९५७ जना पुगेको छ। सबै ९ वटै वडामा मतदाता संख्या वृद्धि भएको आयोगले जनाएको छ।

वडागत विवरण अनुसार सबैभन्दा धेरै नयाँ मतदाता वडा नं ७ सुकाजोरमा १४१ जना थपिएका छन्। त्यसपछि वडा नं ६ ओख्रेनी १४० जना, वडा नं ४ हिमगंगामा १३९ जनावडा नं २ देउरालीमा १३६ जना नयाँ मतदाता थपिएका छन्।

यसैगरी वडा नं १ गोठगाउँमा १३४ जना, वडा नं ८ रामेछापमा १२३ जना, वडा नं ५ रामपुरमा १०६ जना, वडा नं ३ साँघुटारमा ७७ जना र वडा नं ९ ल्याङ्गल्याङ्ग ७५ जना नयाँ मतदाता थपिएको विवरणमा उल्लेख छ।

निर्वाचन आयोगले मतदाता नामावलीलाई समयसापेक्ष अद्यावधिक गर्दै युवाहरूलाई मतदान प्रक्रियामा समेट्ने उद्देश्यका साथ यो प्रक्रिया अघि बढाएको जनाएको छ। नयाँ मतदाता थपिएसँगै आगामी निर्वाचनमा युवाको सहभागिता अझै बढ्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०८२–०८–२१
स्रोत: निर्वाचन आयोग, नेपाल

https://drive.google.com/file/d/1EKhbXekrtO5_yhn-PJx7lA5BSOQFciI2/view?usp=drivesdk

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top