RBN Online खबर

पिसाब फेर्ने क्रममा भिरबाट लड्दा रामेछापका एक वृद्धको मृत्यु

२०८१ जेठ ११ गते

रामेछाप । रामेछाप काे रामेछाप नगरपालिका वडा नं ६ ओख्रेनीका ८५ वर्षीय वृद्ध गोकुल घिसिङ पिसाब फेर्ने क्रममा भिरबाट लड्दा उनको मृत्यु भएको छ। उनी बाटो छेउबाट करिब ५० मिटर तल भिरमा लडेका थिए।

उनी बुधवार साँझ ओख्रेनीकै भालुखोप बजारबाट घर फर्किँदै गर्दा झगरेलेख पाखाको गोरेटो बाटोमा पिसाब फेर्ने क्रममा भिरबाट लड्दा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको हो । उक्त घटनापछि उनको शव घटनास्थलबाट उद्धार गरी पोष्र्टमार्टमको लागि रामेछाप अस्पताल लगिएको र शव पोस्टमार्टम पछि दाहसंस्कारको लागि आफन्तको जिम्मा पनि लगाइएको सकिएको रामेछाप प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top