RBN Online खबर

राष्ट्रपति रनिङ–शिल्डका लागि सुजन कार्कीद्वारा श्री चण्डेश्वरी विद्यालयलाई रु. १०,००० सहयोग

२०८२ साल मंसिर ४ गते

रामेछाप नगरपालिका–१, गोठपानीस्थित श्री चण्डेश्वरी माध्यमिक विद्यालयलाई राष्ट्रपति रनिङ–शिल्ड प्रतियोगिताको तयारी तथा व्यवस्थापनमा उपयोग हुने गरी रामेछाप नगरपालिका–१ निवासी समाजसेवी युवा सुजन कार्कीले नगद रु. १०,००० सहयोग गरेका छन्।

उक्त सहयोग २०८२ साल मंसिर ३ गते विद्यालयका प्रधानाध्यापक केशवराज सापकोटालाई विद्यालय परिसरमै हस्तान्तरण गरिएको हो।

समाजसेवी र स्थानीय युवामध्ये सक्रिय भूमिका निभाउँदै आएका सुजन कार्कीले आफ्नो बाल्यकाल बिताएको विद्यालयका लागि सहयोग गर्न पाउँदा गहिरो खुशी लागेको बताए।
उनका शब्दमा,
“आफ्नै विद्यालयका लागि सकेको सहयोग गर्दा मनमा छुट्टै आनन्द आउँछ। खेलकुदले विद्यार्थीमा अनुशासन, ऊर्जा र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्छ, त्यसैले भविष्यमा पनि सम्भव भए सहयोग जारी राख्नेछु,” उनले भने।

मंसिर ११, १२ र १३ गते राष्ट्रपति रनिङ–शिल्ड प्रतियोगिता
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारासहित रामेछाप नगरपालिकाले यस वर्ष पनि जिल्ला स्तरमै भव्य रूपमा राष्ट्रपति रनिङ–शिल्ड प्रतियोगिता सञ्चालन गर्न लागेको छ।
प्रतियोगिता मंसिर ११, १२ र १३ गते तीन दिनसम्म सञ्चालन हुनेछ।
यस वर्षका प्रमुख प्रतियोगिताहरूः
• भलिबल
• कबड्डी
• एथलेटिक्स
लगायतका खेलहरू रहनेछन्।
नगरभित्रका १३ वटै माध्यमिक विद्यालयका खेलाडीहरूले सहभागिता जनाउने भएकाले प्रतियोगिता अझ प्रतिस्पर्धात्मक र रोचक हुने अपेक्षा गरिएको छ।
समुदाय, विद्यालय र स्थानीय युवाको उत्साहजनक सहकार्यले रामेछापमा खेलकुदको क्षेत्रमा सकारात्मक वातावरण बनेको आयोजकहरूको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top