RBN Online खबर

रामेछापमा झन्डै ६ हजार नयाँ मतदाता थप

रामेछाप | आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी सञ्चालन गरिएको मतदाता नामावली संकलन र अद्यावधिकको लागि थप गरिएको समय शुक्रबारबाट औपचारिक रूपमा सकिएको छ। यसअघि कात्तिक ३० सम्म निर्धारण गरिएको म्याद नयाँ मतदाताको चाप बढेपछि तथा सरोकारवालाको मागअनुसार मंसिर ५ गतेसम्म थपिएको थियो।

यस अवधीमा रामेछापमा ५ हजार ९३५ जना नयाँ मतदाता नामावलीमा दर्ता भएका छन्। जिल्ला निर्वाचन अधिकारी नारायण लामिछानेका अनुसार जिल्ला निर्वाचन कार्यालयमार्फत १ हजार २३५ तथा राष्ट्रिय परिचयपत्र प्रणालीमार्फत ४ हजार ७०० जनाले दर्ता गराएका हुन्।

नाम दर्ताका लागि कार्यालय पुगेकामध्ये पुरुष ७५०महिला ४८५ जनाको सहभागिता रहेको अधिकारी लामिछानेले जानकारी दिए।

नयाँ दर्तासहित रामेछापमा मतदाता संख्या १ लाख ८७ हजार ५४९ पुगेको छ। आगामी फागुन २१ गते हुने निर्वाचनमा फागुन २० गतेसम्म १८ वर्ष उमेर पुगेका नागरिकले मात्र मतदान गर्न पाउनेछन्। तर, मतदाता सूची संकलन भने १६ वर्ष पूरा गरेका सबैका लागि खुला राखिएको निर्वाचन कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top